पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु, २ जना घाइते

पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु, २ जना घाइते

चितवन १४ साउन। पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिका–४ भाटगाउँमा ९ जनाको मृत्यु भएको छ ।

पहरोमा परि अन्य दुई जना घाइते भएका छन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कुमलगाउँबाट प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए ।



ट्रेन्डिङ