पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा

पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा

काठमाण्डौं १४ साउन । निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु(प्रगति जे।भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स रहेका छन् ।

पप्पु(नेपाल प्रगति जेभीलाई २ वर्ष र चमैता मिर्नाण सेवा र सन्तोषी कन्स्ट्रक्सनलाई १र१ वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ । आज एक सूचना जारी गर्दै कार्यालयले मंगलबार बसेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।



ट्रेन्डिङ