वामदेव फेरि केपी ओलीतिर फर्किए, बुझाए ६ बुद्वे प्रस्ताव

वामदेव फेरि केपी ओलीतिर फर्किए, बुझाए ६ बुद्वे प्रस्ताव

काठमाडौं १३ साउन । दुई पक्षबीच चर्काचर्की चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

उनले अघि सारेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालबो बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव छ । त्यसैगरी तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्ने लगायतका प्रस्ताव गरेका छन् ।



ट्रेन्डिङ