लिम्पियाधुरा,गुन्जी,कालापानीमा नेपालीलाई प्रवेशगर्न नदेऊः भारत

लिम्पियाधुरा,गुन्जी,कालापानीमा नेपालीलाई प्रवेशगर्न नदेऊः भारत

काठमाण्डौं १२ साउन । भारतले नेपालले हालै आफ्नो नक्सामा समेटेको भूभाग लिम्पियाधुरा, गुन्जी र कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको छ । भारतको धार्चुला उपजिल्लाधिकारीले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै नेपालीलाई सो क्षेत्रमा प्रवेशमा रोक लगाउन आग्रह गरेको हो ।

पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरालाई भारतीय क्षेत्र भएको दाबी गरेको छ । पत्रमा भनिएको छ, ‘विभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रूपमा लुकीछिपी सीमा पार गरेर मिडियाको ध्यान आकृष्ट गर्न चाहन्छन्, जसबाट दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरूलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसप्रति आपत्ति जनाउँदै आएको छ । भारतले लामो समयदेखि कब्जा गरेको यो क्षेत्रलाई आफ्नो दाबी गरिरहेको छ ।



ट्रेन्डिङ