रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्षमा लक्ष्मी कुमारी चौधरी चयन

रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्षमा लक्ष्मी कुमारी चौधरी चयन

चितवन ११ साउन । रत्ननगर मेलमिलाप केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा लक्ष्मी कुमारी चौधरीलाई चयन गरेको छ । केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रको उपाध्यक्षमा हरि बहादुर खड्का,सचिवमा रिता थापा चौधरी,सह सचिवमा विजय खनाल र कोषाध्यक्षमा रामचन्द्र दुवाडी चयन भएका छन ।

त्यसैगरी कार्यसमिति सदस्यमा रामशरण कुँवर,संगिता खनाल,विमला विक,कृष्ण अधिकारी,ज्वाला पुरी वन,रविता महतो, हरिभक्त घिमिर,माला दाहाल,सुजता विष्ट पाण्डे,भूपेन्द्र अधिकारी,सपना बोहोरा,यज्ञ धमला,मीना बुढाथोकी,पार्वती घिमिरे,विष्णु भण्डारी कट्टेल र निर्वतमान अध्यक्षमा पार्वती न्यौपाने रहेका छन । निर्वाचन समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वद्रिनारायण शर्माले पदाधिकारी सहित कार्यमितिको नाम घोषणा गरेका थिए । घोषणा कार्यक्रमकी प्रमुख अतिथि उपमेयर तथा न्यायिक समितिकी संयोजक विमला दुवाडीले सहमतिकै आधारमा समिति गठन गरिएको भन्दै खुसी व्यक्त गरिन ।

सहमतिको आधारमा जुझारु टिम आएको छ उनले भनिन यसले विवाद सामधानको लागि महत्वपूर्ण काम गर्नेछ । मेलमिलाप केन्द्र न्यायिक समितिको महत्वपूर्ण अंकको रुपमा स्थापित भएको भन्दै उनले अबको मेलमिलाप केन्द्रले विवाद सामाधानमा विश्वासको वातावरण सृजना गर्नेमा विश्वास व्यक्त गरिन । नवनिर्वाचित अध्यक्ष चौधरीले विगतको अनुभव र अग्रजहरुको सुझाबका आधारमा विवाद सामधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाइन । साधारण सभा तथा अधिवेशनको अबसर पारेर केन्द्रले संस्थापक अध्यक्ष कमल भूषाल र न्याय सम्पादनमा सहयोग गर्ने परशुराम घिमिरेलाई सम्मान गरिएको निर्वतन अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन ।

उद्घाटन कार्यक्रममा निर्वतमान अध्यक्ष न्यौपानेले मेलमिलाप केन्द्रले विवाद सामधानको लागि गरेका काम र प्रगति विवरण प्रस्तुत गरेकी थिइन । नगरपालिका भित्र हुने विभिन्न किसिमका विवाद मेलमिलापबाट सामाधान गर्दै आएको सो केन्द्र रत्ननगरका २०६० सालमा स्थापना भएको हो । नगर स्तरमा केन्द्र र १६ वटा वडामा वडा स्तरीय मेलमिलाप समिति रहेको छ । सकेसम्म केन्द्र र समितिले मिलाउने र नसके न्यायिक समितिमा पठाउने गरिएको छ ।



ट्रेन्डिङ