चितवनमा श्रीमतीलाई खुर्पाले हानेर युवकले गरे आत्महत्या

चितवनमा श्रीमतीलाई खुर्पाले हानेर युवकले गरे आत्महत्या

चितवन ११ साउन। चितवनमा घर झगडाको क्रममा श्रीमतीलाई खुर्पा प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका छन्।

चितवनको माडी नगरपालिका–९ प्याउलीमा घर झगडाको क्रममा श्रीमतीलाई खुर्पा प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका हुन।

शनिबार राति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका ३३ वर्षीय धनबहादुर विकले आज बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । आफ्नै घरमा झुन्डिएका विकले २९ वर्षीया श्रीमती देवीसरा विकलाई विवादका क्रममा खुर्पा प्रहार गरेको थिए ।



ट्रेन्डिङ