गृह मन्त्रालयले दियो फेरि मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन

गृह मन्त्रालयले दियो फेरि मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन

चितवन ११ साउन। गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन  मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुन: निर्देशन दिएको छ।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि  आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।

 



ट्रेन्डिङ