PBM News
लुडो खेल्ने ७ जना पक्राउ, ८७ हजार रुपैयाँ पनि बरामद

काठमाडौं ११ साउन। काठमाडाैंमा पैसा बाजी राखेर लुडो खेल्नेलाइ प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पैसा नै राखेर बाजी खेल्न थालेको ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं-१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको जनाइएको छ ।
उनीहरुको साथबाट ८७ हजार रुपैयाँ पनि बरामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले बताए । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ ।