PBM News
पछिल्ला केही घटनाप्रति नारायणकाजी श्रेष्ठले असन्तुष्ट

चितवन ११ साउन। पछिल्ला केही घटनाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्।
फेसबुकमा एक स्टाटस लेख्दै उनले ‘के हुँदैछ यस्तो?’ भन्दै प्रश्न गरेका छन्।
प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘न्यायालय र सिंगै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ? बास र छाक टार्ने समस्याबाट पिडीत गरिब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढंगले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाइन्छ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ?’
