PBM News
पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला

बाग्लुङ ११ साउन। बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको शनिबार राति सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।
पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।
किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए ।
उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए ।