भारतमा २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिए

भारतमा २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिए

एजेन्सी ११ साउन। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको मध्ये ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।

यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ ।

 

 



ट्रेन्डिङ