उत्तर कोरियामा पहिलो कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य आपतकाल घोषणा

उत्तर कोरियामा पहिलो कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी ११ साउन। उत्तर कोरियामा स्वास्थ्य आपतकाल घोषणा भएको छ । उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परे पछि स्वास्थ्य आपतकाल घोषणा भएको हो।

उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आकस्मिक बैठक बोलाएका छन्।

आज एक जनामा भाइरसको संक्रमण पुष्टि भएपछि ती व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना संक्रमित व्यक्ति उत्तर कोरियामा १९ जुलाईमा गैरकानुनी तरिकाले प्रवेश गरेका हुन् ।

तीन वर्ष अघि दक्षिण कोरिया गएका ती व्यक्ति अवैधानिक रुपमा १९ जुलाईमा उत्तर कोरिया प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 



ट्रेन्डिङ