सेनाको कुटपिट बाट मृत्युभएको युवाको शव अझै उठेन, जनजाति महासंघ आन्दोलनको तयारीमा

सेनाको कुटपिट बाट मृत्युभएको युवाको शव अझै उठेन, जनजाति महासंघ आन्दोलनको तयारीमा

चितवन ११ साउन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटपिटवाट मृत्युभएको विषयमा थप आन्दोलन गर्ने तयारी गरेका छन् । दोषि सेनालाई कडा कार्वाही गर्नुपर्ने पीडित परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग गर्दै थप आन्दोलन गर्ने तयारी गर्न लागेका हुन ।

चेपाङ समुदायको संगठन नेपाल चेपाङ संघले आन्दोलनलाई तीब बनाउने तयारी गरेको छ । यस्तै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रले पनि चेपाङ युवाको मृत्युको विषयमा आज केन्द्रीय स्तरमा ज्ञापन पत्र बुझाउने कार्यक्रम गर्र्दैछ । माग संवोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्ने महासंघको तयारी छ ।  माग संवोधन नभए सम्म सेनाको कुटपिटबाट उपचारको क्रममा मृत्युभएको चेपाङ युवाको शव नउठाउने परिवारले जनाएका छन् । उनको शव भरतपुर अस्पतालको शव गृहमा छ । पीडित परिवार र चितवन प्रशासनबीच पटक पटक छलफल भएपनि निश्कर्ष निस्किएको छैन ।

काजकिरिया खर्च भनेर सुरुमा ५० हजार दिने प्रशासनले आश्वासन देखायो । तर पीडित परिवारले दोषि सेनालाई कार्वाहीको मागलाई प्राथमिकतामा राखेका कारण प्रशासनको पीडित पक्षले स्वीकार गर्न मानेनन् । फेरिपनि छलफल भयो, पछि एकलाख रुपैयाँ दिने प्रस्ताव आयो तर दोषि सेनालाई कार्वाही गर्ने विषयमा सम्बन्धित निकाय मौन बस्यो छलफलमा सहभागी एक सदस्यले भने । पीडित परिवारले आफुहरुको माग संवोधन भएपछि मात्रै शव उठाउने अडानलाई यथावत राखेका छन् । भरतपुर अस्पतालले शवको पोष्टमार्टमका सबै प्रकृया पुरा भइसकेपनि आफन्तले शब बुझ्न नमानेका कारण पोष्टमार्टम समेत हुन सकेको छैन ।

राप्ती नगरपालिकाको वडा नं. २ मलिनटोल बस्दै आएका २४ वर्षीय राजकुमार चेपाङ घोङी टिप्ने राप्तीनदीमा जाँदा सेनाले पक्राउ गरेर लगेका थिए । पक्राउ गरेर निकुञ्ज लैजाने क्रममा लाठी र बुटले कुटेका थिए ।



ट्रेन्डिङ