वीरगन्जमा कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु

वीरगन्जमा कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु

वीरगन्ज ११ साउन। आइतबार बिहान वीरगन्जमा कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु भएको छ।वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु भएको हो।

आरडिटी रिपोर्ट पोजिटिभ भएका वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंह जानकारी दिए।

मृतक वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी छ।

पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई आइतबार नै  वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

स्वास्थ्य अस्वथा जटिल बन्दै गएपछि वृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित कोबीड अस्पतालमा लगेर भर्ना गरिएको थियो। राति ११ बजेतिर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको उनको  मृत्यु भएको हो।

 



ट्रेन्डिङ