मनहरीमा ट्रक पल्टिँदा १ युवकको मृत्यु

मनहरीमा ट्रक पल्टिँदा १ युवकको मृत्यु

हेटौंडा ११ साउन । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरीमा ट्रक पल्टिँदा १ युवकको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना ४ ख ७०४ नम्बरको ट्रक आज आइतबार बिहान मनहरी ९ खरङ्गामा दुर्घटनामा परेको हो । ट्रकमा सवार बाराका २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए ।

ट्रकले च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको ढकालले जनाए । चालक करिब ४५ वर्षीय लक्ष्मी नारायण चौधरी गम्भीर घाइते छन् । प्रहरी निरीक्षक ढकालका अनुसार मृतक राज र चालक चौधरी बाबुछोरा हुन् । चालक चौधरीलाई उपचारको लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको छ ।



ट्रेन्डिङ