१८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

१८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

झापा ११ साउन। झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ।

सबै प्रहरीसंग सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि थालिएको छ।



ट्रेन्डिङ