दुई बालिका पोखरीमा मृत अवस्थामा फेला

दुई बालिका पोखरीमा मृत अवस्थामा फेला

जनकपुरधाम ११ साउन। सर्लाहीमा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका उनीहरु साँझसम्म घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए ।खोजतलासको क्रममा स्था नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाही जिल्ला प्रहरी कार्यलयले जानकारी दियो ।



ट्रेन्डिङ