वीरगञ्ज क्षेत्रमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्ज क्षेत्रमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्ज १० साउन । वीरगञ्ज महानगरपालिका क्षेत्रमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा यथावत रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञामा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन पाइने छैन । वीरगञ्जमा कोरोना संक्रमित जनस्तरमा पनि तीव्र गतिमा फैलिएको छ । निषेधाज्ञामा टेस्टिङ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



ट्रेन्डिङ