१९ लाख ९१ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

१९ लाख ९१ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

चितवन ९ साउन। आज (शुक्रबार) महानगरीय अपराध महाशाखाको टोलीले १ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौंको विशाल बजारबाट शुक्रबार दिउँसो उनलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाका ढुण्डीराज न्यौपाने रहेका छन् । महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार उनको साथबाट स्रोत नखुलेको १९ लाख ९१ हजार रुपैयाँ बरामद भएको छ  ।

घटनाका सम्बन्धमा थप अनसन्धान भइरहको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ