५ लाख ५३ हजार घुससहित डिभिजन प्रमुख पक्राउ

५ लाख ५३ हजार घुससहित डिभिजन प्रमुख पक्राउ

चितवन ९ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख ५३ हजार घुससहित डिभिजन प्रमुख पक्राउ गरेको छ।

५ लाख ५३ हजार घुससहित डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ ) रामबाबु साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पक्राउ गरेको हो।

घुस लिएर रौतहट जाँदै गरेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

डिभिजन प्रमुख र उनको श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार नगद फेलापारी कोशी गाउँपालिका ८ सुनसरीबाट नियन्त्रणमा लिएको हो।

 



ट्रेन्डिङ