कैलालीको लम्कीमा १ युवकमाथि खुकुरी प्रहार

कैलालीको लम्कीमा १ युवकमाथि खुकुरी प्रहार

कैलाली ९ साउन । कैलालीको लम्कीमा १ युवकमाथि खुकुरी प्रहार भएको छ । लम्की चौराहानजिकै रहेको लम्की सार्वजनिक शौचालय अगाडिको १ सैलुनमा कपाल काटेर बाहिर निस्कनेबित्तिकै १ समूहले लम्की चुहा नगरपालिका(१ का २८ वर्षीय रमेश बहादुर शाहीमाथि खुकुरी प्रहार गरेको जनाइएको छ ।

खुकुरी प्रहारबाट शाहीको दुवै काँधको दायाँबायाँ गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा समेत चोटपटक लागेको छ । करिब ७-/८ जनाको समूहमा आएका आक्रमणकारीले आक्रमण गरेको प्रत्यक्षदर्शी जनाएका छन् ।

उनको शरीरमा गम्भीर चोट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । अहिले घाइते शाहीको लाल रत्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।



ट्रेन्डिङ