नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं ९ साउन। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

आज (शुक्रबार) पर्साको वीरगन्ज– ११ निवासी ८५ वर्षीया महिलाको नारायणी अस्पतालमा निधन भएको हो।

ती महिलामा मुटु रोग र निमानियाको समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।



ट्रेन्डिङ