आज थप १ सय ३३ जनामा कोरोना, १ सय ७ जना डिस्चार्ज

आज थप १ सय ३३ जनामा कोरोना, १ सय ७ जना डिस्चार्ज

काठमाडौं ९ साउन। आज (शुक्रबार) थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।



ट्रेन्डिङ