राप्ती नगरपालिकामा पहाडको माथिबाट ढुंगा खसेर लाग्दा एक बालिकाको मृत्यु

राप्ती नगरपालिकामा पहाडको माथिबाट ढुंगा खसेर लाग्दा एक बालिकाको मृत्यु

चितवन ९ साउन। आज (शुक्रबार) चितवनको राप्ती नगरपालिकामा ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको छ ।

पहाडको माथिबाट ढुंगा खसेर लाग्दा राप्ती नगरपालिका वडा नम्बर १३ चेउदिङ्गकी १२ वर्षिया सपना प्रजाको आज मृत्यु भएको हो ।

मृतक सपना राप्ती १३ की वडा सदस्य सुमित्रा माया प्रजाकी छोरी हुन् ।

उनी घाँस काट्न जाँदा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।

 



ट्रेन्डिङ