पहिरोले घर बगाउँदा एक वृद्धको ज्यान गयो

पहिरोले घर बगाउँदा एक वृद्धको ज्यान गयो

नुवाकोट ९ साउन। नुवाकोटमा पहिरोले घर बगाउँदा एक वृद्धको ज्यान गएको छ ।

नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढीमा पहिरोले घर बगाउँदा एक वृद्धको ज्यान गएको हो ।

पहिरोले दुइपीपलमा दलित बस्ती बगाएको छ भने अझै पनि ६० घर उच्च जोखिममा रहेका छन् ।

शुक्रबार पहिरोले घर बगाउँदा ६८ वर्षीय अक्‍कलबहादुर तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तिमाङको बिहान ३ बजेतिर सुतिरहेका बेला पहिरोमा  पुरिएर ज्यान गएको हो ।



ट्रेन्डिङ