बलात्कारको आरोपमा प्रिन्सिपलविरुद्ध उजुरी

बलात्कारको आरोपमा प्रिन्सिपलविरुद्ध उजुरी

सल्यान ९ साउन। सल्यानमा निजी स्कुलका एक प्रिन्सिपलले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । सल्यानको बागचौर नगरपालिकामा रहेको एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफ्नै १४ वर्षीया विद्यार्थीलाई बलात्कार गरेको पीडितको भनाइ छ ।

एक निजी स्कुलका प्रिन्सिपल ३६ वर्षीय रामचन्द्र केसीले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

बालिकालाई ५ दिनदेखि निरन्तर रक्तश्राव भइरहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । घटना परिवारले थाहा पाएपछि आरोपित व्यक्ति फरार रहेका छन्



ट्रेन्डिङ