ओमशान्ति स्कुललाई निर्धन लघुवित्त वितिय बैंकले छात्रवृत्तिका लागि पाँचलाख दियो

ओमशान्ति स्कुललाई निर्धन लघुवित्त वितिय बैंकले छात्रवृत्तिका लागि पाँचलाख दियो

रत्ननगर ९ साउन । पाँचकक्षा भन्दा माथी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ओम शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई निर्धन लघुवित्त वितिय बैंक लि. ले पाँचलाख रुपैयाँ सहयोग गरेको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको यो स्कुलमा अध्ययन गर्ने गरिब तथा अति विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी स्थापना भएको अक्षयकोषमा जम्मा हुनेगरी सो रकम प्रदान गरिएको हो ।

स्कुलले प्राप्त रकमलाई सबैभन्दाधेरै ब्याज दिने बैंक तथा वित्तिय संस्थामा जम्मा गर्ने र सो वाट प्राप्त ब्याज रकमले लक्षित विद्यार्थीलाई छात्रवृत्ति प्रदानगर्ने तयारी गरेको छ । सहयोगीदाता, अभिभावक, स्कुल व्यवस्थापन समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको बैठकले उचित व्याजदिने बैंक तथा वित्तियसंस्थाको खोजिगरेर मात्रै प्राप्त सहयोग रकमलाई व्यवस्थापन गर्ने निर्णय भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर चौधरीको अध्यक्षतामा बसेको बैठकमा रत्ननगर वडा नं. १ का जनप्रतिनिधि शालिग्राम पराजुली, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार विकन महतो, विद्यालयको प्रधानाध्यापक राधा चौधरी, निर्धन लघुवित्त बैंक लि. क्षेत्रीय प्रमुख रामेश्वर चौधरी, रत्ननगर शाखा प्रमुख ज्योतिराम रेग्मी, नेपाली काँग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि त्रिलोचन रिजाल, शिक्षा विद डा. बसन्त अधिकारी लगायतको सहभागीता थियो । पाँचकक्षा सम्म पढाउँदै आएको स्कुलले प्रत्येक वर्ष एक एककक्षा थपगर्दै जाने योजना बनाएको छ । कक्षा ८ सम्म पठन पाठन गर्ने उद्देश्यले अघि बढेको स्कुलले अहिले विद्यालयलाई आवश्यक पर्ने भौतिक पूर्वाधार व्यवस्थापनलाई जोड दिएको छ ।

यो आर्थिक वर्षदेखि थारुभाषाको कक्षा समेत ऐच्छीक विषयको रुपमा पठन पाठन सुरु गर्दै छ । थारु समुदायको बाहुल्यता भएको स्कुलमा अहिले पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठन पाठन गराउँदै आएको छ । स्कुल प्रति विद्यार्थी र अभिभावकको आकर्षण पछिल्लो समयमा बढ्दै गएपछि स्कुल व्यवस्थापन समितिले पनि स्कुलको स्वरुप परिवर्तनको पक्षमा चासो देखाउँदै आएको छ ।



ट्रेन्डिङ