प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि छलफल

प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि छलफल

काठमाडौँ ९ साउन। पार्टीको आन्तरिक मतभेदबारे छलफल गर्न प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (शुक्रबार) भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच २ घण्टा बढी छलफल भएको बताइएको छ । जहाँ प्रधानमन्त्रीको राजीनामा, महाधिवेशन प्रस्ताव लगायत विषयमा छलफल भएको थियो ।

प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायत समूहले प्रधानमन्त्री ओलीलाई राजीनामाको लागि दबाब दिइरहेका बेला आगामी मंसिरमा पार्टी महाधिवेशनको प्रस्ताव उठेको छ ।

शुक्रबार बसेको बैठकमा दुई समूहबीच सहमति भएको वा नभएकोबारे ठोस निर्णय सार्वजनिक भएको छैन ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट बन्दै प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायत नेताहरु ओलीप्रति रुष्ट बन्दैआएका छन् ।



ट्रेन्डिङ