वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

वीरगञ्ज ९ साउन। वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको हो ।

मृतक वृद्धा मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।



ट्रेन्डिङ