विश्व हिन्दू महासंघले गर्यो मठ–मन्दिर खोल्न सरकारसँग माग

विश्व हिन्दू महासंघले गर्यो मठ–मन्दिर खोल्न सरकारसँग माग

काठमाडाैं ९ साउन। आज विज्ञप्ति जारी गर्दै विश्व हिन्दू महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गरेकाे विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरिएकाे हाे।

अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासंघलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए।मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासंघले आपत्ति जनाएको छ।

राम जन्मभूमि नेपालमै पर्छ भनी प्रधानमन्त्रीले भानुजयन्तीमा सार्वजनिक गरेकाे वक्तव्यको तथ्य, प्रमाण सार्वजनिक गर्न पनि महासंघले माग गरेको छ।



ट्रेन्डिङ