PBM News
३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गर्दै इजरायल

एजेन्सी ९ साउन। इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ।
परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ।
यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ।
इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञानसहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ।