धादिङमा गएराति पहिरोले पुरिएर एक जनाको मृत्यु

धादिङमा गएराति पहिरोले पुरिएर एक जनाको मृत्यु

धादिङ ९ साउन। धादिङमा गएराति पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराति एक जनाको मृत्यु भएको हो ।

धादिङको थाक्रे गाउँपालिका–६  रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो ।

पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको छ ।



ट्रेन्डिङ