पछिल्लो २४ घण्टामा भारतमा ४९ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा ४९ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

चितवन ९ साउन। पछिल्लो २४ घण्टामा भारतमा ४९ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् ।पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ३१० नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ७४० जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० हजार ६०१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा आठ लाख १७ हजार २०९ कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

 



ट्रेन्डिङ