मुग्लिन–पोखरा सडकमा २ दिन ठूला सवारी साधन चल्न नपाउने

मुग्लिन–पोखरा सडकमा २ दिन ठूला सवारी साधन चल्न नपाउने

चितवन ९ साउन । मुग्लिन–पोखरा सडकखण्डमा सवारी प्रवेशमा रोक लगाइएको छ । अविरल वर्षापछि डाइभर्सन राखी सञ्चालन गरिएको सडक पुनः अवरुद्ध भएपछि २ दिनका लागि ठूला सवारी प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

बैकल्पिक मार्गमा सवारी साधन फसेर पुनः राजमार्ग अवरुद्ध भएपछि ग्राभेल गर्ने कार्य भइरहेकाले सवारी रोक्नु परेको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। वैकल्पिक मार्ग मर्मतका लागि सडक डिभिजन कार्यालयका इन्जिनियर, सुरक्षाकर्मीसहितको टोली उक्त स्थानमा पुगेर काम थालेको निमित्त प्रजिअ बरालको भनाइ छ । सडक अवरुद्ध हुँदा भण्डै ४सय भन्दाबढी सवारी साधन रोकिएका छन् ।

यसैबीच ५ गते परेको अविरल वर्षाका कारण धादिङ बेनिघाट रोलाङ गाउँपालिकामा पारेको असरको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक बसन्त कुमार लामा सहितको सुरक्षाकर्मीको टिमले स्थलगत निरीक्षण गरेका छन् ।  अबिरल बर्षाले जिल्ला धादिङ बेनिघाट रोलाङ गाँउपालिका-१० मौवा खोला स्थित पृथ्वि राजमार्गको पुल सँगै जोडिएको जमिन बगाएर राजमार्ग पूर्ण रुपमा बन्द रहेकोले राजमार्ग खुलाउन तथा बाटो मर्मत सम्भारको कामलाई तीब्रता दिन प्रहरी प्रमुख लामाले निर्देशन दिए ।

अनुगमनमा धादिङका प्रमुख जिल्ला अधिकारी श्री आसमान तामाङ्, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उरीक्षक प्रकाश राणाभाट, धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख अबि नारायण काफ्ले लगात सरोकारवाला निकायका प्रधाधिकारीहरुको उपस्थिति रहेको थियो ।



ट्रेन्डिङ