दाउरा टिप्न जाँदा नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता

दाउरा टिप्न जाँदा नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता

चितवन ९ साउन। नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् ।

नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो ।

कोइरी दाउरा छोप्ने क्रममा चिप्लिएर नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीले जानकारी दियो ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजीकार्यलाई अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ