जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न सकिदैन: देव गुरुङ

जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न सकिदैन: देव गुरुङ

काठमाडाैं ९ साउन। नेपाली कम्युनिष्ट आन्दोलनका एक कर्मठ नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा पत्रकारलाई प्रतिक्रिया दिदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न नसकिने बताएका छन्।

‘समान्तवादसँग घुडा टेक्दै जाने हो भने यही जनताको बहुदलीय जनवादले सहयोग पुर्‍याउने छ,’ गुरुङले भने, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादमा जाने हो भने नयाँ रुपमा सोच्न जरुरी छ।’ कर्मचार्य एक निष्ठामान कम्युनिष्ट नेता भएको र उनको जीवनशैलीबाट धेरै सिक्नुपर्ने गुरुङले बताए। पार्टीभित्र चलिरहेको आन्तरिक संघर्षलाई छिट्टै समाधान गर्नुपर्ने उनले बताए।

‘अहिले पार्टीभित्र जे जस्ताे समस्या पैदा भएको भए पनि त्यसको समाधान गर्नेुपर्ने छ,’ गुरुङले भने, ‘यो समस्या समाधान गर्नुको विकल्प छैन।’ सही क्रान्तिकारी विचारमा रहेर बहस गरियो भने सही रुपान्तरण हुने नत्र गलत दिशामा बहस जाने उनले बताए। अहिलको संकटको निकास शान्ति प्रक्रिया, राष्ट्रियता र जनतालाई केन्द्रमा राखेर गरेमा समाधन हुने उनले बताए।

 



ट्रेन्डिङ