पालुङ–नौबिसे सडक खण्डमा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध

पालुङ–नौबिसे सडक खण्डमा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध

चितवन ९ साउन। त्रिभुवन राजपथअन्तर्गत पालुङ–नौबिसे सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ।

सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए।

पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।

 



ट्रेन्डिङ