जापानले नेपाल सरकारलाई ३३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने

जापानले नेपाल सरकारलाई ३३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने

चितवन ८ साउन। विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले नेपाल सरकारलाई ३३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 



ट्रेन्डिङ