विदेश जानेले सशुल्क पीसीआर परीक्षण गर्नुपर्ने

विदेश जानेले सशुल्क पीसीआर परीक्षण गर्नुपर्ने

चितवन ८ साउन। विदेश जान चाहनेहरूले सशुल्क पीसीआर परीक्षण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विदेश जानेहरूलाई स्वास्थ्य परीक्षण प्रतिवेदन चाहिए पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने बताएका हुन् ।

उनले राजधानीभित्र महाराजगंजस्थित शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा यस्तो परीक्षण गर्न सकिने तथा उपत्याका बाहिर कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, कर्णाली प्रादेशिक अस्पाताल र सेती प्रादेशिक अस्पतालमा सशुल्क परीक्षण गर्न सकिने बताएका हुन् ।

 



ट्रेन्डिङ