राजा महेन्द्रदेखि जनताको विश्वासिलो पात्र नन्दप्रसाद भट्टराईको जीवनगाथा – ( भिडियो सहित )

राजा महेन्द्रदेखि जनताको विश्वासिलो पात्र नन्दप्रसाद भट्टराईको जीवनगाथा – ( भिडियो सहित )

सन्तकुमार चौधरी
८४ वर्षको उमेरमा दौडिरहेको शरीर । छोटो तर सेतै फुलेको कपाल । अझैपनि जोशिलो बोल्न सक्ने आवाज । सानो हाफकटु लगाएर खाटमा बसेर टिभी हेर्दै गरेको दृश्यले नन्दप्रसाद भट्टराईको साधरण जीवनलाई संकेत गथ्र्यों ।
पदमपुरको जिम्मदार हुन । विगहौं विगहा जमिन, छोराछोरीसबै आ–आफ्नो पेशा र व्यवसायमा स्थापित छन । रत्ननगरको सौराहा चोक स्थित आफ्नै निवासमा सामान्य जीवनशैली विताइरहेका नन्दप्रसाद भट्टराइको योगदान भने समाजका लागि सामान्य छैन ।

गोरखा जिल्ला बगुवा गाउँपालिकामा बुबा कलाधर र आमा इन्द्रकुमारीको कोखवाट पाँच बहिनी छोरी, पाँचभाइ छोरा मध्ये नन्दप्रसाद भट्टराई जेठाछोरा हुन । १९९४ असार ५ गते सोमवार गोरखामै जन्मिएका नन्दप्रसाद भट्टराईलाई यहाँ सम्म आइपुग्न कम्ता संघर्ष गर्नुपरेन । नौं वर्षको उमेरमा बुबाको स्वर्गारोहण, बुबा वितेको छ महिनामै आमा वित्नुभयो । स–साना भाइबहिनीको लालनपालन गर्ने जिम्मा यिनै जेठाछोरा नन्दप्रसादको कांधमा पर्यो ।
पछि २००९ सालमा भाइ बहिनीहरुलाई माइला बुबाको जिम्मा लगाई २००९ सामा चितवनको भीमपुर झरें । भीमपुरमा ठूलोबुबा मानध्वज भट्टराई जिम्मदार हुनुहुन्थ्यो । उहाँको छत्रछाँयामा रहनुभयो । ठूलोबुबा पनि एकछोरा एकछोरी भएपछि परलोक हुनुभयो । थारुभाइहरुले ठूलोबुबा मानध्वजलाई खुब सहयोग गरेर पदमपुरमा राखेका थिए । उनीहरुले नै जग्गा फडानी गरेर ठूलोबुबा मानध्वजलाई जिम्मदार बनाएका हुन । ठूलोबुबा वितेपछि नन्द्रप्रसादलाई पनि पदमपुरका थारुहरुले खुब सहयोग गरे । उनीहरुकै साथ र सहयोगले पदमपुरका अगुवा बने ।

पदमपुरका अधिकाङस पुराना थारुहरुले भट्टराईलाई बाजे भनेर चिन्दछन् अहिलेपनि । थारुहरुलाई पनि नन्दप्रसादले खुब सहयोग गरें । हालको चितवन राष्ट्रिय निकुञ्ज भित्र, सौराहाका पारीपट्टी राप्तीनदी र चुरेजंगलको बीचमा पदमपुर गाउँ थियो । जंगलभित्रै फडानी गरेरै बसेको वस्तीमा खानेपानी, स्कुल, स्वास्थ्य चौकी लगायत सबै कुराको अभाव थियो । विकास जिरोदेखिनै सुरुगर्नुपर्ने चुनौती र वाध्यता पदमपुरबासीलाई थियो ।

पदमपुर थारुहरुको वस्ती थियो । पदमपुरमा पहिलोपटक पहाडबाट बस्नकै लागि नन्दप्रसाद भट्टराईका ठूलोबुबा मानध्वज आएका हुन । उहाँलाई पनि पदमपुरका थारुहरुले जबरजस्ती पदमपुरमै बस्न भनेका हुन । उहाँपछि नन्दप्रसाद भट्टराई आए । अधिकाङसले नन्दप्रसाद भट्टराईलाई अभिभावक मान्थें । गाउँको अगुवा भएको नातालेपनि पदमपुरको विकास र वस्ती व्यवस्थापनमा उनको भूमिका अधिक थियो । पदमपुरको विकासमा नन्दप्रसाद भट्टराईलाई स्थानीय डिम्बरराम चौधरी, फत्तेराम चौधरी, हठूराम चौधरी, विकराज भगत, कृष्णवहादुर दंगाल, नक्क्षेद चौतरिया, बालसिंह महतो लगायतले सहयोग गरेका थिए ।

पदमपुरको वडा हुँदै जिल्लाकै नेतृत्व सम्म पुगेर राजनीतिक र समाजिक छवि बनाउन सफल नन्दप्रसाद भट्टराईको दिनचर्या अहिले सामान्य छ । सामान्य नागरिकदेखि राजा सम्म नै पहुँच बनाएका भट्टराई अहिले राजनीतिमा गुमराम छन् । राजनीतिको विषयमा कुनै पनि व्यक्ति वा पार्टीसंग भेटघाट गर्ने रुचिछैन । गीता पढ्ने, कोहि समस्यामा छन भने सहयोगगर्ने , मठमन्दिर बनाउने यस्तै यस्तै सृजनशील कामका लागि चिन्ता र चासो देखाउने बाहेक कोहिकसैसँग भेटघाट छैन । सबैसँग सम्पर्क तोडेर बसेका छन् ।

नन्दप्रसाद भट्टराईको जीवन यात्रा यसरी सुरु भयो
हजुरबुबा माधवप्रसाद भट्टराई । उहाँको दुईश्रीमति, जेठी पट्टीको चारभाइ, शिवलाल, धर्मादत्त, धर्मानन्द ( जुम्ल्याहा ), कलाधर भट्टराई । कलाधर उहाँको पिताजी । कान्छीपट्टीको जेठा मानध्वज भट्टराई हुन। उनी एकलो छोरा ।
गोरखा जिल्ला बगुवा गाउँपालिकामा बुबा कलाधर र आमा इन्द्रकुमारीको कोखवाट पाँच बहिनी छोरी, पाँचभाइ छोरा । जेठो छोरा नन्दप्रसाद भट्टराई, माइला दिनानाथ, साइला दुर्गा प्रसाद ( जुम्ल्याहा ) कान्छा ओमप्रसाद । बहिनी विष्णु वाग्ले ।

१९९४ असार ५ गते सोमवारका दिन नन्दप्रसाद भट्टराईको जन्म भएको हो । ८ वर्षको उमेरमा व्रतबन्ध भयो । नौं वर्षको उमेर पुगेपछि २००४ साल जेठ महिनामा बुबाको स्वर्गारोहण भयो । काजक्रिया गरे । ६ महिनापछि कार्तिक महिनाको फुलपातीको दिनमा माता इन्द्रकुमारी भट्टराईले पनि संसार छाड्नुभयो । १० वर्षको उमेरमा पाँच भाइ बहिनीको पालनपोषण गर्दा कतिदुख कष्ट भयो होला ? पहाडको गाउँघरमै रुद्रिचण्डी, संस्कृतमा लघु सिद्धान्तकौमती पढ्दै थिए । मातापिता परलोक भएपछि घर व्यवहार चलाउने जिम्मा भयो । उनले पढ्न छाडें ।  भाइ बहिनीहरुलाई माइला बुबाको जिम्मा लगाई २००९ सालमा चितवन भीमपुर गाउँमा आए । भीमपुरमा जिम्दारको रुपमा ठूलोबुबा मानध्वज हुनुहुन्थो । ठूलोबुबाको एकछोरा एकछोरीको जन्म भएपछि उहाँपनि परलोक हुनुभयो । एक जेठीआमा, एकभाउजु हुनुहुन्थ्यो ।

नन्दप्रसाद भट्टराइका पाँचभाइ पिताजीहरु थिए । उनीहरुबीच अंशवण्डा भएको थिएन । सगोलमै थिए । नन्दप्रसाद भीमपुर आएपछि औलोंको ज्वरो आएर साह्रै कष्टभयो । त्यतिबेला औलोंको ज्वरो निकै गम्भीर खालको बिरामी थियो । त्यतिबेला कुनै औषधी पाइदैन्थ्यो । असुराको पात, सिमलीको मुण्टा पकाएर खाँदा ज्वरो कम हुन्थ्यो । औलों ज्वरोले नन्दप्रसादलाई पनि खुब सतायो । उनलेपनि त्यति विद्यि अपनाएर धेरै समयपछि निको भए । औलोंका कारण धेरैजनाले ज्यान पनि गुमाए ।

१३ सालमा ग्राम विकास स्थापना भयो । ग्राम विकासको स्थापनापछि डिडिटी पाउडर औंलो उन्मुलनको व्यवस्था भयो । १४ सालमा हेटौंडा सडक बनेपछि सदरमुकाम भरतपुरमा सर्यो । यो भन्दा अगाडी सदरमुकाम शेरवासगढीमा थियो । चितवनमा एकमात्र थाना झुवानीमा थियो ।  अरु कार्यालयहरु शेरवासगढीमै बस्ने गथ्र्यो । सुनावर्षा हात्तीसार हर्नहरीमा थियो । चितवनमा सर्भेनापी नहुँदा सम्म तिरनतारन तेलैया, मुणैया गोरुको टाउको गनेर फाँट बुझाउने चलन थियो । १९६५ सालमा चितवनमा नापी भएको इतिहास छ । त्यतिबेला पाँच प्रगन्ना भन्ने थियो । बछौली प्रगन्ना, अमरबहादुर प्रगन्ना, माडी प्रगन्ना, कालाबन्जार प्रगन्ना, गैरवान प्रगन्ना गरी पाँच प्रगन्ना थिए ।

प्रत्येक प्रगन्नामा एक / एकजना चौधरी । प्रत्येक जिम्मदारसँग मालपोत लिने जिम्मदारहरुले रैतिसँग असुल गरेर चौधरीलाई बुझाउने, चौधरीले मालपोत कार्यालयमा बुझाउने, सयगढा ५ रुपैयाँ खान्की खान पाउने चलन रहेछ । तिर औलमा ५ मोहार, दोयममा २ रुपैयाँ, सिममा ३ मोहर र चारमा एक रुपैयाँ गरी चार तहमा ( खेतको फाँटको आधारमा ) असुर हुँदा १६ हजार मालपोत असुल भएको इतिहास रहेछ । १६ हजार चितवन नामले चिनिन थाल्यो ।

कसरी पुगे पदमपुर नन्दप्रसादको ठूलोबुबा ?-
ठूलोबुबा मानध्वज साक्षीको सुवेदार थिए । ठोरी देखि शेरवास आवतजावत गर्दा पदमपुरको थारुभाइ संग सरसंगत भयो । त्यति बेला वनको सुरक्षा गर्ने जिम्मा गैडागस्तीलाई थियो । होमबहादुर सुब्बा जिल्लाको बन सम्बन्धि गैडागस्ती हेर्नेमा थिए । गैडागस्ती प्रशासकहरुले थारुहरुलाई ज्यादै दुख दिन्थें । थारुहरुलाई गैडागस्ती गर्ने प्रशासकहरुले दुख दिँदा मानध्वजले थारुहरुलाई सहयोग गरे ।

पछि सुवेदार ( ठूलोबुबा ) फर्कीन खोजे । थारुभाइहरुले सुवेदार साहेब तपाई हाम्रो साथमा रहनुस तपाईलाई जग्गा बनाई दिन्छौं भने । थारुभाइहरुले नै ( ठूलोबुबा ) सुवेदारलाई जागिर छाड्न भने । सोही अनुसार उहाँले जागिर छाडिदिनुभयो । जागरि छाडेपछि भीमपुर भन्ने मौजा २३ विगहा फडानी गरी देवीपुर भन्ने मौजा १२ विगहाको जग्गा गरी ३५ विगहा जोतकोड गरी मालमा दर्ता गराई थारुभाइहरुले नै मानध्वजका लागि घरगोठ बनाई बसोबास गराएको इतिहास ( मालको अभिलेख ) अठ्सठठाबाट देखिन्छ । १९६५ सालमा नापजाँच गरी २ मौजाको पट्टा बहाली भएको देखिन्छ । थारुभाइ ठूलोबुबाको अत्यन्तै ठूला मित्रहुन । थारुहरुसँग ठूलोबुबाहरुको संंसग्र भएको इतिहास देखिन्छ ।

स्कुल बनाउन गरिएको प्रयास –
२०१४ सालमा पिपरिया राष्ट्रिय प्राथमिक विद्यालयमा भर्ना भए । त्यतिबेला पहाडीयाहरु कोहि थिएनन । सोही साल असोज महिनामा ढेढौली स्कुल स्थापना भयो । १७ सालमा पंचायत व्यवस्था सुरु भयो । श्री ५ महेन्द्रवाट बहुदलीय व्यवस्था अन्त्यगरी पंचायतको चुनावहुँदा वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित भए । त्यतिबेला गाउँपंचायत, जिल्ला पंचायत र अंचल पंचायत थिए । २१ सालमा पदमपुर उठाउने हल्ला भयो । मेरा राजनीतिक गुरु किशोर चन्द्र ढुंगाना हुनुहुन्थ्यो । जिल्ला पंचायतका सबैले राजिनामा दिए । राप्तीपारी चुरे हुँदै हेटौडा सम्म बस्ती बसाउने माग थियो । राजा महेन्द्रको चितवन सौराहामा सवारी भयो । हामी सबै दर्शन गर्न गयौं । दर्शनको क्रममा राजाबाट हुकुम भयो तपाईहरु जिल्लामा काम गर्नुस । राजाको तर्फबाट केहि व्यवस्था हुन्छ भनेर हुकुम भयो ।

२१ सालमा पूर्वमा जब्काजस्धारी लगायत र पश्चिमा खुटवा कछुवानी, अमिलिया, डुमरिया लगायतका बस्ती उठाई माडी अयोध्यापुरीको, ठोरी अमुवा चौकी देखि पूर्व निर्मल बस्ती समेतमा बस्ती बसाउने काम भयो । सो ठाउँमा पहाडीयाहरुको बाक्लो बस्ती बसेको छ । पूर्व जब्काजस्धारीको बस्ती उठाई हालको वीरेन्द्रनगरमा बसाई सारिएको रहेछ । हाम्रो पदमपुरका १६ मौजा यथावत रह्यो । सो मौजाको नाम यसप्रकारको छ । अमृते, सहपुर, मदनपुर, जीतपुर, बलरामपुर, पिपरिया , भीमपुर , देवीपुर , पटना, ढेढौली, मचौली ,कुर्चौली, गड्यौली, भवानीपुर, बनकट्टा , जयमंगला गरी १६ मौजा थिए ।

२०२३ सालमा पंचायतको चुनाव भयो । पदमपुरको २ नम्बर वडाबाट निर्वाचित भइ जिल्ला सभामा निर्वाचित भए । जिल्लामा गएपछि पदमपुरको विकासको सुरुवात भयो । प्रहरी चौकी स्थापना, हेल्थपोष्ट स्थापना, हुलाक स्थापना गरियो । २६ सालमा पदमपुरभरी नापनक्सा भयो । २६ सालमा पुनः चुनाव भयो । पदमपुरवाट जिल्ला पंचायतको ५ नम्बर क्षेत्रवाट म फेरि निर्वाचित भए । त्यसपछि २७ सालमा शाही चितवन राष्ट्रिय निकुञ्ज घोषणाभयो ।
त्यतिबेला सम्म पदमपुरमा ३ वटा स्कुलमा पठनपाठन सुरु भइसकेको थियो । ३ वटा स्कुलवाट पाँचकक्षा पास भएपछि राप्तीपारी आएर पढ्न थारुभाइहरु असम्भव भएकाले अब के गर्ने ? भन्ने विषयमा छलफल भयो । सबैसाथीभाइहरुको सल्लाह अनुसार, मिडिल स्कुल पदमपुरमा स्थापना गर्ने निर्णय भयो । त्यो बेला डिम्बरराम चौधरी प्रधानपंच थिए । प्रधानपंच डिम्बर, फत्तेराम चौधरी, हठुराम चौधरी, विकराज भगत, कृष्णवहादुर दंगाल, नक्क्षेद चौतरिया लगायतले सरसल्लाह गरी २०२७ साल चैत २७ गते पूर्वाधार विना नै स्कुल स्थापना गरे ।

२०२७ साल चैत २७ गतेनै स्कुलको नाम भीमोदय राखियो । स्कुल स्थापना त भयो जग्गा छैन, भवन छैन । अब के गर्ने ? चिन्ता भयो । भीमवली बाबाको थानपछाडी जंगलको छेउमा भीमोदय स्कुल संचालन गरियो । जंगलको छेउमा बालबच्चालाई जनावरको डर हुन्छ कि भन्ने डरत्रास थियो । स्थानीय दीपक राजको जग्गा दश कठा किनेर, चोकवहादुर सँग दश कट्ठा साटेर बीच भागमा स्कुल बनाउने विषयमा साथीभाइहरुबीच छलफल भयो । सबैले स्कुल बीचभागमै बनाउने विषयमा सहमति गरे ।  पूर्वमा अमृते, पश्चिमा भवानीपुरको बीचभागमा पर्ने भीमपुर र पिपरियाको साँधमा स्कुल स्थापना गर्ने निर्णय भयो । भवन कुन स्रोतले बनाउने भन्नेबारे फेरि सरसल्लाह भयो । त्यतिबेला प्रत्येक वडामा धरमभकारी बनाउने चलन थियो । ९ वटै वडाको धरमभकारी भत्काई ल्याउने र काठको भवन बनाउने निर्णय भयो ।

सोही अवस्थामा ९ कोठाको भवन बनाई भीमोदय मिडिल स्कुल संचालन गर्ने निर्णय भयो । यो २०२७ सालकै कुरा हो । अब शिक्षक छैन, पदमपुरमा एकजना बालसिंह चौधरी मात्रै एसएलसी पास गरेका थिए । अब के गर्ने ? शिक्षकहरु खोज्ने तर्फ सबैसाथीहरु सक्रिय जुटें । वीरगञ्जवाट केदारवहादुर कार्की, वडा नं. ५ भीमपुर बस्ने गोविन्दको घरमा राख्ने, कोमलगुप्ता पर्सा जिल्लाबाट म नन्दप्रसादको घरमा राख्ने, वीरगञ्जबाट शिवनारायण साह, वडा नं. ६ ढेढौली स्थित डिम्बर चौधरीको घरमा र रौतहटबाट योगेन्द्र मचौलीको फत्तेरामजीको घरमा, भैरहवाबाट गुप्ता थरको एकजना शिक्षक वडा नं. ९ गड्यौलीका रामचन्द्रको घरमा राख्ने निर्णय भयो । उनीहरुले विहान बेलुकी बेलुकी वडाभरका बालबालिकालाई टिउसन पढाउने, दिउँसो स्कुल पढाउने व्यवस्था मिलायौं । पछि होमनाथ दाहाल आफ्नै घरमाबस्ने गरी पाँचजना शिक्षक भर्ना गरियो । २ जना शिक्षक स्थानीय, पाँचजना बाहिरबाट ल्याइयो, २ जना कर्मचारी जसमा मर्चाैलीको भोजनारायण चौधरी (मुखीया ) एकजना देशीराम भट्टराई पिउन रहने व्यवस्था मिलाइयो ।

नौं जना कर्मचारीलाई कसरी व्यवस्थापन गरेर स्कुल संचालन गर्ने चिन्ताको विषय बन्यो । संचालक समिति सर्वसहमति निर्णय अनुसार निर्वाचित गराइयो । अध्यक्षमा हठुराम चौधरी, उपाध्यक्षमा प्रधानपञ्च डिम्बर चौधरी ,सदस्यमा नन्दप्रसाद भट्टराई, विकराज भगत, नक्क्षेद चौतरिया, पुण्यप्रसाद पौडेल, फत्तेराम चौधरी, बलराम चौधरी, कृष्णवहादुर दंगाल सदस्य रहने गरी नौं सदस्य समिति गठन गरियो । चैत २७ गतेदेखि पठनपाठन सुरु भयो ।  स्कुल संचालनका लागि आर्थिक स्रोत केहि छैन । त्यतिबेला चिन्ता भयो । सोही बेला शाही चितवन राष्ट्रिय निकुञ्जले तारबार गरीरहेको थियो । ऐलानी जग्गा आवादी निकाल्ने तर्फ सोचगरी जितपुरको जिम्मदार शसीकुमार र म सरसल्लाह गरी ऐलानीलाई नम्बरी बनाई जिम्मदारसँग तिरो तिरनको रसिद काटी २ विगहा जग्गा भीमोदयलाई र १ विगहा चार कठ्ठा जितपुर स्कुललाई दिनेगरी तीन विगहा चार कठ्ठा जग्गा म नन्दप्रसाद भट्टराई र कलाधर पौडेलले संयुक्त रुपमा लालपुर्जा लिन सफल भयौं । सो जग्गा अधिया ठेक्का लगाई २ हजार विगहाका दरले दाखिला ४ हजार आम्दानी हुने स्रोत तय गरियो । तर त्यति स्रोतले स्कुल संचालन गर्न कठिन थियो ।

अब आउने तिहारमा देउसी भैलो खेल्ने भनि सरसल्लाह गयौं । देउसी भैलोको लागि संस्कृत टोली गठन गरियो । जस्मा भट्ट जेठा, मल्लुबोटे, देशीराम भट्टराईको टिम थिए । देउसी भैलो कार्यक्रमलाई व्यवस्थित बनाउन जिम्मेवारी वाडफाँड गरियो । हामीपनि समितिका साथीहरु, शिक्षक, विद्यार्थी समेत सबै देउसी भैलो कार्यक्रममा सहभागी हुने निर्णय गरियो । देउसी भैलो मेरोघरवाटै सुरु गरियो । मैले १ हजार नगद र एककोठा भवन बनाउने दान गरे । त्यसैगरी ९ वटै वडामा देउसी भैलो खेल्दा २ लाख ५० हजार रुपैयाँ संकलन भयो । त्यसको हिसाव किताब होमनाथ दाहालको जिम्मा लगायौं ।

डिम्बरराम चौधरी बोरा बोक्ने, हठुराम दान गरेको रोटी, पैसा बोक्ने, म चाहिँ प्रत्येक दैलामा नाच्नेगरी कामको बाँडफाँड समेत गरेका थियौं । बडो उल्लासका साथ देउसीभैलो कार्यक्रम सम्पन्न भयो । अब स्कुल संचालन गर्न सहज भयो । शिक्षकहरुलाई खानबस्न, व्यवस्था कमल गुप्तालाई मेरो घरमा, गाउँभरीको केटाकेटीलाई विहान बेलुकी पढाउनेलाई मैले मेरोघरमा खान बस्ने व्यवस्था मिलाउने, केदार कार्कीले हेडमास्टरलाई खान बस्न व्यवस्थापन मिलाउने, शिवनारायणलाई डिम्बररामले व्यवस्थापन मिलाउने र योगेन्द्रलाई फत्तेरामले खाने बस्ने व्यवस्था मिलायौं । शिक्षकहरुको व्यवस्थापन सँगै भवन सिमेन्टीको टायल बनाएर छाना छाएका थियौं ।  २०२९ सालमा ठूलो असिनापानी पर्यो । हामीले बनाएको स्कुलको छानोको टायल फुटाइदियो । अब फेरिअर्को समस्या थपियो । म जिल्ला पंचायतको सदस्य भएको हुँदा जिल्लाबाट कर्कटपाता, १८ बण्डल ल्याई छाना छाउने काम भयो ।  अब त शिक्षकहरुलाई तलब दिनुपर्ने दिन आयो । अब के गर्ने ? जिल्लामा कामको लागि खाद्यन्न भन्ने थियो । जिल्लाका साथीहरुसँग अनुरोध गरेर १ सय क्वीन्टल चामल ल्याई टाँडीमा विक्री गरी सो रकमवापत आएको पैसाले शिक्षकहरुलाई तलब दियौं । सो फच्छौट गर्न ९ वटा वडाको पूर्व पश्चिमको बाटो जनताले बनाएको भनेर हाजिरीदेखाई फर फच्छौट गरियो ।

अब ठाउँठाउँमा खोला भएकाले पुलको आवश्यकता थियो । स्कुल आउनजान समस्या भएको जनगुनासो आएपछि पिपरिया खोलामा, जितपुर खोलामा, सहपुर खोलामा, पटना खोलामा गरी चारवटा पुल आवश्यक देखियो । अब फेरि के गर्ने ? फेरि छलफल गर्याैं । जंगलवाट काठ ल्याउने श्रमदानबाट आराकसी लाउनेले आराकसी गर्ने, मिस्त्री गर्नेले मिस्त्री गर्ने, काठकाट्नेले काठ काट्न जाने, ओसार्नेले गाडाल्याई ओसार्ने गरी ९ वटै वडाको जनताबाट उक्त पुल निर्माण गरियो ।  समस्याबाट अलि सांस फेर्ने तरखर के पाएका थियौं । फेरि आँधीहुँरी आयो, स्कुलको छानो उडाई दियो । पठन पाठन अवरुद्ध हुनेभयो । मेरो घरमा ठूलो भैसी गोठ थियो । टेबुलकुर्ची सबै मेरोघरमा लगियो । मेरो १० कट्ठाको बगैचा थियो । तत्कालै छानो छाउने हामीसँग स्रोत थिएन । त्यो बेला ३ महिना सम्म मेरोघरमा स्कुलको पठन पाठन संचालन गरियो । स्कुल मर्मत गर्न साथीहरु सक्रिय भएर जुट्नुभयो । छाना छाउनको लागि फेरि जिल्लाका साथीहरुसँग अनुरोध गरि थप सयथान कर्कटपाता ल्याई छानो छाउने काम भयो । बाँकी रहेको कर्कटपाता विक्री गरी आम्दानी बाँडियो ।

यसरी भयो पदमपुर स्थानान्तरण – 
पदमपुरमा हाम्रो ६ वटा वडा एकता थियो । प्रधानपंच थारुहरु मात्रै हुन, गैरथारु प्रधानपंच हुन नपाउने व्यवस्था थियो । कहिले डिम्बरराम, कहिले हठुराम, कहिले बालसिंह, कहिले झगरु, कहिले चन्द्रदेव, फेरि डिम्बरराम मात्रै प्रधानपंच हुने चलन थियो । जिल्लामा मलाई नै पठाउने, पुनः मलाई ५ नम्बर क्षेत्रबाट साथीहरुले नै जिताए । जिल्लाका साथीहरु फेरि उहि नन्देनै आयो भनेर खिस्सी गर्थे । पदमपुरमा इमान्दारी, निस्वार्थी भावनाले नेतृत्व गरेको हुँदा सबैले बाजे भन्थें । सबैको बाजें भएर काम गरें । त्यतिबेला २ वर्षे, ४ वर्षे, ६ वर्षे कार्याकाल रहने नियम थियो । म ६ वर्षको कार्यकालमा परेको थिए ।  ३३ सालमा पदमपुर बस्ती उठाउने गैर थारुहरुले जोड दिए । केहि जनता राप्ती नदीले कटान गरेर सुकुम्वासी हुन थाले । जग्गा जमिन खोलाले लगेपछि जुन जिल्लामा पनि जान तयार भए । हामीहरु यो जिल्ला छाडेर कतै नजाने अडान थियौं ।

त्यस्तै अवस्थामा राजा वीरेन्द्र कहाँ विन्तीपत्र चढायौं । राजाबाट नहरको तलतिर बाघमारा चौर खोरसोर सम्म बस्ती बसाल्न हुकुम भयो । हामीहरु लालपुर्जा कसरामा बुझायौं । बाघमारामा नापी टोली आएर क्याम्प खडा गरे । नाप नक्सा सुरुभयो । त्यसपछि कसराबाट वारीपट्टीका गैडागस्ती, कर्नेल, पश्चिम चितवनको साथीहरुले राजावीरेन्द्र कहाँ जाहेरि दिएछन । राजाबाट सो नाप नक्सा नगर्नु हुकुम भएछ ।  अब के गर्ने ? त्यतिबेला अञ्चलाआदेश दामोदर सम्शेरले हामीहरुलाई जग्गा हेर्न लैजाने कुरा गरे । हामीहरु डिम्बरराम चौधरी र म गएर पूर्वमा सुकिभार र पश्चिममा चोरमारामा देखाउनुभयो । हामीहरुले गाउँघरमा सरसल्लाहगरी मञ्जुर भएमा खबर गर्नेछौं भनि आयौं ।
गाउँमा सल्लाह गर्दा जिल्ला छाडेर अन्यत्र नजाने भन्ने निर्णय भयो । सोही निर्णयलाई अञ्चालाआदेशसँग हामीहरुको कुरा भयो । परम्परा अनुसार राप्ती नदीमा बर्खायाममा डुंगा चलाउने दिने डुंगा चलाए वापत जिम्मदारले ५ पाथी धान दिने रैतीहरुले अवस्था हेरेर २ देखि ३ पाथी सम्म धानदिने चलन थियो ।

परम्परादेखि कसरावाट सो राप्तीमा डेन्डर आह्वान गरी ठेकेदारले सकार गरेपछि जनतालाई ज्यादै नै आवतजावतमा समस्या थियो । टाँडी बजार आउनुपर्ने, सधै ठेकेदारलाई पैसा दिनुपर्दा ठूलो मर्का पर्न गयो । यसैबेला राजा वीरेन्द्रको गैडाहोटल क्याम्पमा सवारी भएको थियो । ( राजाको सानोबा सानीमा ) दीपक राजा र रानीलाई गैडाहोटल बनाउँदा मैले ठूलो सहयोग गरेको थिँए । दीपक राजारानी मेरोघरमा समेत सवारी भइसकेको थियो । हाम्रो सम्बन्ध राम्रो थियो । दीपक राजालाई राजा वीरेन्द्र आयो भने भेट्न पाउँ भनेर विन्ती गरेको थिँए ।

पदमपुरको जनतालाई मर्का परेको छ । सरकारलाई जाहेरी गरिदिन अनुरोध समेत गरेको थिँए । सरकार सवारी भएको बेला मलाई लिन पठाउनुभयो । म गए, श्री ५ वीरेन्द्र वीरविक्रम शाह सरकारकासँग विन्ती चढाए । सरकार परम्परादेखि पदमपुरबासीले बोटे राखि डुंगा चलाउँदा सालभरीको ज्याला वर्खामा धानपाथी दिने चलन रहिआएको छ । जनतालाई मर्का परेको छ सरकार भनेर मैले जाहेरी गरे । मैले जाहेरी गरेपछि सरकारवाट हुकुम भयो पदमपुर पञ्चायतको सिफारिस लिएर मात्र डेन्डर गर्न भनि वार्डेनलाई बोलाई हुकुमभयो । र साविक बमोजिममै डुंगा चलाउनलाई दैनिक पर्ने समस्याबाट जोगाउन सफल भयौं ।

२०३५ सालमा फेरि चुनाव हुने भनि तय भयो । ५ नम्बर क्षेत्रमा ५ वटा गाँउपञ्चायत थियो । सो गाउँपञ्चायत वाट एकजना हुनुपर्ने थियो । म उमेदवार उठे । पदमपुरबाट नन्दप्रसाद भट्टराई, बछौलीबाट इन्द्रराज चौधरी, टरौलीबाट देवीवहादुर कुवँर, पञ्चकन्यावाट लालप्रताप थापा र मिश्रीमाया डंगोल चुनावमा उम्मेदवार उठे । मलाई पदमपुरबाट पुरै समर्थन, पञ्चकन्यावाट पुरै समर्थन थियो, बछौलीको इन्द्रराज चौधरीको र मेरो बास्तविक चुनावी मैदानमा संघर्ष भयो । किशोरचन्द्र ढुंगानाको सहयोग इन्द्रराजलाई थियो । जसका कारण चुनाव भयो । मतगणनामा मिश्रीमायाको एकभोट, लालप्रतापको ६ भोट, देवीवहादुरको ३ भोट र इन्द्रराजको ७० भोट अरु बाँकी १५७ भोट पाएर म विजयी भए ।
म पुनः जिल्ला पंचायत सदस्यमा निर्वाचित भए । ३६ सालमा जनमत संग्रहभयो । त्यतिबेला निर्दलिय पंचायत विजयी भयो । म चाहिँ जिल्ला पंचायतको उपसभापति भए ।

सहीद स्मृत बहुमुखी क्याम्पस स्थापना –
प्रधानपञ्च गुणराज पाठकको अध्यक्षतामा ३७ साल भाद्र ६ गते वृहतभेला भयो । सो भेलाले म अध्यक्षमा रहनेगरी २३ सदस्य संचालनक समिति गठन गरियो । पहिलो बैठकमा क्याम्पस संचालन गर्ने निर्णय भयो । बैठकले श्री कमल क्याम्पस नाम राख्ने निर्णय गर्यो । नेपाल माध्यमिक विद्यालय संचालन गर्न प्र.अ केशबकुमार श्रेष्ठ सँग सरसल्लाह गरी विहान स्कुल संचालन गर्ने, दिउँसो क्याम्पस संचालन गर्ने निर्णय भयो । म र  क्याम्पस प्रमुख रामशरण पाठकले शिक्षक नियुक्ति गर्नुपर्ने भयो । पाँचजना शिक्षक, ३ जना कर्मचारी नियुक्ति गरियो । पहिलो वर्ष नै २ सय २३ जना विद्यार्थी भर्ना भए । अब क्याम्पस स्वीकृती लिनका लागि छलफल भयो । ८० हजार रुपैयाँ धरौटी राखेपछि श्रीकर्मस क्याम्पसको रुपमा स्वीकृत पाइने रहेछ । हामीले स्वीकृती लिएर आयौं । र अञ्चालाआदेशको अध्यक्ष हुने नियम रहेछ । त्यतिबेला क्याम्पसको अध्यक्षमा श्री गेहनाथ भट्टराई अध्यक्ष भए । म सदस्यमा रहें । संस्था स्थापना भएदेखि २०७६ साल सम्म यथावत पदमै रहि आएको छु ।

अब क्याम्पस संचालनका लागि पनि स्रोतको खोज्ने क्रम सुरुभयो । क्याम्पसमा आर्थिक जुटाउन चन्दा बोलकबोल सुरुभयो । गुणराजपाठकले ५ कट्ठा बोल्नुभयो । मैले पदमपुरको १ विगहा चन्दा स्वरुप दान दिने निर्णय गरे । पदमपुर स्थानान्तरण आयोगले मैले दिएको १ विगहा जग्गामा थप ४ विगहा जग्गाको लालपुर्जा दियो । अहिले सोही ठाउँमा क्याम्पसको शाखा खोलि क्याम्पस संचालन भइरहेको छ ।

( २०६१ साल पौष २९ गतेका दिन गरिएको संवोधनको पाठ )
२५ औं वर्ष पुरा भएको रजतजन्तीको अवसरमा क्याम्पसको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु । अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, क्याम्पस प्रमुखज्यू र सदस्यज्यूहरु । अभिभावक तथा विद्यार्थी, कर्मचारीहरु, एवम पत्रकार मित्रहरु ।
२०३६ सालमा नेपाल माविमा एसएलसी पास गर्ने विद्यार्थीहरुको संख्या बढेपछि एउटा क्याम्पस खोल्न पाए हुन्थ्यो कि भन्ने चर्चा उठ्यो । केशब कुमार श्रेष्ठ, अध्यक्ष तुलसी नारायण श्रेष्ठ, गुणराज पाठक, म नन्दप्रसाद भट्टराई, रामशरण पाठक, केशवलाल कर्मचार्य, तिलकराज पौडेल, प्रकाशमान श्रेष्ठ लगायतका साथीहरु,शिक्षक, समाजसेवी, सबै जुरमुराएर त्यसैबेला त्रिविले जनस्तरमा क्याम्पस संचालन गर्न दिने नीति ल्यायो र क्याम्पसको स्वीकृतीको लागि ८० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएकोले चन्दा संकलन गरी संकलन कार्य अगाडी बढाइयो ।

३७ साल भाद्र छ गते गुणराज पाठकको अध्यक्षतामा भेला बोलाइयो र मेरो अध्यक्षतामा २३ सदस्य क्याम्पस स्थापना समिति बन्यो । आर्थिक समिति समेत बनाई रकम संकलन गरियो । जसको नेतृत्व म नन्दप्रसाद भट्टाराई र गुणराज पाठकले गरेका थियौं । यसरी अगाडी बढ्दै जाँदा त्रिविको नियम अञ्चालाआदेश अध्यक्ष हुने रहेकोले २०३७ सालभदौं १४ गते बोलाइएको आम भेलाद्धारा मेरो अध्यक्षतामा बसेको समिति पूर्नगठन गरी नारायणी अञ्चालाआदेश गेहनाथ भट्टराईको अध्यक्षमा गुणराज पाठक उपाध्यक्ष, म सस्दय रहनेगरी ११ जनाको समिति बनाई काम अगाडी बढाइयो । क्याम्पस स्वीकृतीका लागि काठमाण्डौं गई राष्ट्रिय शिक्षक समितिका तत्कालिन सदस्य सचिव सुरेश राज शर्मा, भि.सी महेन्द्र प्रसाद , श्रीवास्तवलाई भेटेर श्री कर्मस क्याम्पस रत्ननगर चितवनको नाममा चितवनको पहिलो कर्मस क्याम्पस २०३७ साल असोज १७ गते स्थापना भयो । सोही क्याम्पसको नाम पछि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको छ । ज्ञात, अज्ञात सहीदहरुको स्मृतीमा सहीद स्मृत बहुमुखी क्याम्पसको नाममा २०४८ सालमा रुपान्तरण भयो ।

२०३७ साल असोज २२ गते रामशरण पाठकलाई क्याम्पस प्रमुखको रुपमा नियुक्ति गरियो । ६ महिना निशुल्क काम पनि गरे । दोश्रो नियुक्ति तिलक राज पौडेल र प्रकाशमान श्रेष्ठको भयो । पछि पाँचजना प्रध्यापकहरुको नियुक्ति गरी विद्यार्थी भर्ना गरियो । निर्पेशनाथ रेग्मीले २ महिना निशुल्क काम गरे । तिलक राज पौडेल, प्रकाशमान श्रेष्ठले तीन–तीन महिना निशुल्क काम गरे । २०३७ साल माघ २९ गते क्याम्पसको पहिलो कक्षा उद्घाटन भयो । वीरेन्द्र क्याम्पस भरतपुरका क्याम्पस प्रमुख श्री भगवानरत्न तुलाधरको प्रमुख आतिथ्यतामा पहिलो अध्यापन आरम्भ भयो ।

रामबाबु घिमिरेले पहिलो क्लास लिएर उद्घाटन गरे । सो कार्यक्रममा गुणराज पाठक, नन्दप्रसाद भट्टराई, केशबराज कर्मचार्य, तिलकराज पौडेल, प्रकाशमान श्रेष्ठ, प्रध्यापकहरु एवम कर्मचारीहरुको पनि उपस्थिती थियो । पहिलो वर्ष २ सय ३७ जना विद्यार्थी भर्ना भएकोमा आद्याभन्दाबढी चितवन बाहिरका विद्यार्थीहरु थिए । क्याम्पसको पठन पाठन संचालन गर्दै पछि आर्थिक रुपबाट क्याम्पसलाई सबल बनाउन जग्गा किन्न भवन, बनाउन, आर्थिक समितिद्धारा गाउँगाउँमा समन्वय गरियो । यसैक्रममा पहिलो पटक म चितवन जिल्लाको उप–सभापति भएको बेला २ पटक गरी संस्थागत अनुदान १ लाख ४५ हजार २ सय, जिविसवाट संस्थागत अनुदान ल्याउने कामभयो ।
क्याम्पसको भवन बनाउन अहिलेको जमिन छनौट गर्न कृष्ण गोपालको अध्यक्षतामा २०३७ साल माघ २३ गते एउटा समिति बन्यो र जमिन किन्न चार विगहाको लागि ७० हजार जम्मा गर्ने क्रममा स्थानीय जनस्तर वडा नं. ३ वाट ३५ हजार रुपैयाँ बाँकी क्याम्पसले राखेर जग्गा खरिद गरी भवन निर्माण गरियो । तोयानाथ लामिछाने, टिकाराम दवाडी, शक्तिबलभ खनाल, विष्णुवहादुर श्रेष्ठ, पुरुषोत्तम गिरी, समेतले स्मरणिय योगदान दिएका छन् ।
२०३८ साल जेष्ठ ५ गते अन्तभवनको बखान सिंह गुरुङज्यूबाट सिलन्यास भएको थियो । उहाँबाट समय समयमा क्याम्पप्रति निकै चासो राख्नुभएको थियो । २०४२ सालमा स्नातक तह थप्नको लागि म नन्दप्रसाद भट्टराईकै अध्यक्षतामा निर्माण समिति बन्यो ।

गुणराज पाठकले रा.पं.स.बाट २ लाख सो भवनको लागि दिने भएको थियो । मैले पनि क्याम्पसको लागि दैलो बनाउन पदमपुरमा १ विगहा जमिन योगदान गरे । र म पछि पदमपुर स्थानान्तरणको क्रममा थप गर्नुपर्छ भनि पहल गरी पाँच विगहा जग्गा दर्ता गर्न सफल भइयो । आवादी र दर्ता गर्ने क्रममा म र बाबुराम पुरी, रामबाबु घिमिरे, तिलकराज पौडेल आदिको प्रयास भयो र पछि क्याम्पसको भवन बनाएर पढाईपनि सुरु गराईयो । २०४२ साल पौष २९ गते क्याम्पसमा राजारानी श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेव र ऐश्वर्य राज्य लक्ष्मी देवी शाहको सवारी भयो ।

क्याम्पसको विकास गर्न म र गुणराजजीले ५० हजार रुपैयाँको थैली चढाइयो । क्याम्पसका लागि । राजावाट पुन फिर्ता भयो । नारायणी यातायात व्यवसायि संघ, उद्योग बाणिज्यसंघ, व्यापारी, चन्दातादाको सहयोगमा निर्मीत भवनमा तला थप्दै गइयो । डिग्री कक्षा संचालनको लागि निर्णय भइ डा. तीर्थ खनियाबाट पुस्तकालय निर्माणको क्रममा ठूलो सहयोग भयो । भने डिग्री कक्षा संचालनको लागि क्याम्पस प्रमुख हरिप्रकाश बुढाथोकी, रामशरण पाठक, रामबाबु घिमिरे, तिलक पौडेलको ज्यादै ठूलो सहयोग भयो ।

हामी संचालक समितिका साथीहरु सक्रिय भएर डिग्री कक्षा पनि संचालन गरियो । यी सबै कार्य २०३६ सालदेखि हाल सम्म गरिँदै आएको छ । पदमपुरको ५ विगहा जग्गामा छुट्टै प्रकारको कार्यक्रम ल्याई बढाउनुपर्ने भएको छ र विभिन्न प्रयास पनि नभएको होइन । तर संचालक समितिबाट अझै बढी पहल हुने नितान्त आवश्यक छ । यो क्याम्पस आजको आवश्यकतामा ल्याई पुर्याउन हामीहरुको अथक प्रयास रहेकोमा राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष भएर आएपछि क्याम्पसको प्रगतीको लागि चौतर्फी ढोका खुलेको, करौडौं रुपैयाँ अनुदान ल्याउन सफल भइ देशकै नमुना क्याम्पसको रुपमा विकसित गर्ने अर्को कार्यकाल पनि थप भएकाले क्याम्पसको भविष्य निकै उज्वल छ ।  इतिहासको रुटमा जग्गा दाता, चन्दातादालाई , कदर र प्रद्यापक र कर्मचारीलाई पद उन्नती पुरस्कारद्धारा मन उच्च बनाउँदै जाने समितिको लक्ष्य प्रति म जस्तो संस्थागतदेखि हाल सम्म अटोटरुपमा सदस्यभइ सहयोग गर्ने व्यक्ति सदैव सकारात्मक कुरा गर्ने गर्दछु । अन्त्यमा संघ संस्था, जिल्ला विकास समिति, नारायणी यातायात, व्यवसायि संघ, तत्कालिन शाही चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, रामप्रित यादवले काठ उपलव्ध गराई गर्नुभएको योगदानको उच्च मुल्यांकन गर्र्दैै अघि बढ्ने प्रयत्न गर्ने छौं । अन्तयमा यो क्याम्पसको स्थापनाकाल देखि भएगरेको कामहरुको यस सभामा उद्घोष गर्न पाउँदा, यो मौका दिनुभयो । यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिँदै विदा हुन्छु । धन्यवाद ।

राजनीतिकका उपलव्धीहरु –
२०३९ सालमा हलवहादुर समिति गठन भयो । जिल्ला पंचायत तर्फबाट सो समितिमा रहि जिल्लामा नाप नक्सा गर्न खटें, माडी, पार्वर्तीपुर, भरतपुर, पञ्चकन्या, रत्ननगरमा सुकुम्वासीहरुलाई जग्गा नाप जाँचगरी जग्गा वितरण गर्दै थिए । समितिको अवधि सकियो र अरु गाउँमा काम गर्न पाइन ।  निजी स्रोतवाट २०२७ साल चैत २७ गते भीमवली बाबा मन्दिरको निर्माण गरेर मेला लगाउन थालियो । मेलामा सोही दिनदेखि पञ्चवली दिने गरियो । म त्यतिबेला जिल्लामा सदस्य थिँए ।

चित्रसारीमा बगैचा लगाउन, चन्द्रवहादुर गुरुङलाई ३० हजार दिए रुपैयाँ । हाल आपँका रुखहरु जिवित छन् । कुमरोजमा पुल निर्माण, बाघमारामा पुल निर्माण, बकुलहर देखि जयमंगला सम्म भीमवहादुर थापालाई बाटो बनाउन ३० हजार रुपैयाँ दिँए । जिल्ला पञ्चायतवाट बकुलहर देखि जयमंगला सम्म विजुली वत्ती लैजानका लागि पञ्चकन्या गाउँपंचायत र उपप्रधानपञ्च मोहन वहादुर तामाङलाई जंगलमा काठको पोलको १ सय १३ थान काटी ढुवानी गरी पोल गाडी विजुली तान्नका लागि १ लाख उपलव्ध गराए ।

बछौलीमा बकेखोर र शिवमन्दिर निर्माणमा सहयोग र मन्दिरको उद्घाटन गरियो । सो मन्दिर राजाको भाइ बुहारी एलएन शाहबाट उद्घाटन गरिएको थियो । विभिन्न स्कुल, संस्थामा, चन्दा, धान्याञ्चल, सप्ताहामा सक्दो दान गर्ने गरेकोछु । संघर्षको मुल्यांकनबाट २०४२ सालमा श्री ५ महाराज धिराज वीरेन्द्रबाट कदरपत्र प्राप्त गरेको छु । यसरी ३० वर्ष सम्म निस्वार्थ रुपमा जनताको सेवा गरिरहें ।
२०४७ सालमा गिरीजा प्रसाद कोइराला आउनुभयो । कांग्रेसी कार्यक्रममा डिम्बरराम चौधरी र म भेटघाटका लागि बोलावट भएको थियो । सोही अनुसार म पनि गए । त्यसै अवसरमा पदमपुरको कुरा उठ्यो । तपाईहरु सगुनटोलमा जान मन्जुरहुनुहुन्छ भने भन्नुस म सारी दिन्छु भनेपछि हामी सरसल्लाह गरि खबर गछौं भनि पदमपुर फर्कीयौं । पछि सल्लाह भयो । जतिको त्यति जग्गा दिए सछौं भनेर खबर पठायौं । पछि मन्त्री परिषदबाट पदमपुर स्थानान्तरण गर्ने निर्णय भयो । र स्थानीय मन्त्रालयललाई अधिकार दिएपछि पदमपुर स्थानान्तरण आयोग गठन भयो ।

सुर्यप्रसादको अध्यक्षतामा ७ सदस्य समिति गठन भयो । मलाई उक्त आयोगको सदस्यमा राखिएको रहेछ । आयोगको क्षेत्राधिकारीको विषयमा छलफल भयो । मापलपोतको हाकीम जिल्ला प्रमुख लगायतका अधिकारीहरु छलफलमा सहभागी भए । पछि स्थानीय विकास मन्त्री कमल थापा भए । कमल थापा मन्त्री भएपछि सुर्यप्रसादको समिति विघटन गरी भीमवहादुर बम्जनको अध्यक्षतामा नयाँ समिति गठन भयो । वानथर्डको हिसावले जग्गा दिने निर्णय भइ एककठ्ठा देखि १ विगहा सम्म भएकालाई जतिको त्यति नै दिने र सबैभन्दा माथी दुई विगहा सम्म मात्रै जग्गा दिने । त्यो भन्दामाथीको जग्गाको मुआब्जा दिने निर्णय भयो ।

२०५० सालदेखि बस्ती उठाउने निर्णयभयो २०५१ सालमा बनकटटा, जयमंगला उठाउन सुरु भयो । उनीहरुलाई सुगुन टोलमा नाप नक्सा अनुसार लालपुर्जा वितरण गर्न स्थानीय विकास मन्त्री कमल थापाबाट सुरुभयो । सो लालपुर्जा बदर गरी मालपोत कार्यालयबाट मात्रै लालपुर्जा दिन पाउने नेपाल सरकारको निर्णय अनुसार व्यवस्था भयो । पछि चिरञ्जीवि वाग्ले स्थानीय विकास मन्त्री भए, वम्जनको अध्यक्षतामा बनेको आयोगको समिति विघटन गरी बाबुराम पुरीको अध्यक्षतामा नयाँ समिति बन्यो । समितिले व्यवस्थित तरिकाले अरु वडा क्रमस सार्दै २०६० सालमा पुरानो पदमपुरबाट नयाँ पदमपुर सगुनटोलमा स्थानान्तरण भएको गरियो । पदमपुरमा जति पञ्चायतकालमा स्थापना भएका संस्थाहरु छन् । त्यसैलाई नयाँ पदमपुरमा निरन्तरता दिइएको छ । पिपरिया स्कुल, ढेढौली स्कुल, मर्चाैली स्कुल, बनकटा स्कुल ,जीतपुर स्कुल, अमृते स्कुल लगायत सबै वडामा पुरानो पदमपुर हँुदा नै पंचायतकालमै स्थापना भएको हो । संरचनाहरु सबै पंचायतकालमै व्यवस्थापन गरिएको हो । नयाँ बस्तीमा आएर त्यसलाई निरन्तरता दिने काम गरिएको छ ।

फ्ल्यास ब्याक –
१० साल चैत महिना पहाड गए । ११ सालमा विराटनगर गएर बनचाँजको मुखिया भए । जागिर खाए । १३ सालमा फेरि पहाडघर आए । सोही साल असारमा विवाह मैले विवाह गरें । विवाह गरेकै साल असोज महिनामा चितवन आए । दुईवर्ष चितवन बसेपछि म फेरि पहाड गए । त्यतिबेला भने श्रीमतिलाई लिएर पुन म चितवन फर्कीए । २०२० साल जेठ महिनामा छोरी लक्ष्मीको जन्म भयो । २०२३ सालमा छोरा मधुको जन्म भयो । २०२५ साल कार्तिकमा छोरा मोहनको जन्मभयो । मैले २६ सालमा परिवार नियोजन गरें ।

३१ सालमा श्रीमति विरामी परिन । काठमाण्डौं शान्ताभवन हस्पिटलमा उपचार गर्न लगें । थाह भयो, एउटा मृगौला ड्यामेज भएको रहेछ । अर्कोमा मृगौलामा दाग लागेको । मृगौला सहजै फेर्ने व्यवस्था थिए न । छ महिना भित्र मृगौला फेर्न सके सकिएन भने विरामी बाँँच्न सक्ने अवस्था कम थियो । मैले श्रीमतिलाई चितवन लिएर आँए । छ महिनामित्रै श्रीमति देवहान्त भइन । १२ वर्ष सम्म अर्को विवाह नगरी बसँे । ४३ सालमा विरामी परे । छोराछोरी पढ्न जाने, मलाई पानी दिने समेत मान्छे भएन । म पुन विवाह गरें कान्छि श्रीमतिको रुपमा । उ बाट सन्तान छैनन् । अहिले कान्छि श्रीमतिसँगै बसेको छु ।

 



ट्रेन्डिङ