आज थप १ सय ४७ जनामा कोरोना, १ जनाको म‌ृत्यु

आज थप १ सय ४७ जनामा कोरोना, १ जनाको म‌ृत्यु

काठमाडौं ८ साउन। आज (बिहीबार) थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ।

बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

त्यस्तै २४ घण्टामा १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन्।



ट्रेन्डिङ