आजदेखि वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य हुने

आजदेखि वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य हुने

वाग्मती ८ साउन। आजदेखि वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य हुने भएको छ ।

आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो ।

बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको हो।



ट्रेन्डिङ