अमेरिकी नागरिकलाई अनिवार्य मास्क लगाउन निर्देशन

अमेरिकी नागरिकलाई अनिवार्य मास्क लगाउन निर्देशन

एजेन्सी ८ साउन। आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन अमेरिकी सरकारले निर्देशन दिएको छ ।

बुधबार न्युयोर्कका बासिन्दालाई एक कार्यकारी आदेश जारी गर्दै घरबाट बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना नागरिकलाई मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ ।

न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक प्रेस सम्मेलनमा भने, ‘खासमा कुरा के हो यो भने हामीले नागरिकलाई भनेका छौँ कि यदि तपाईहरु घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाएर निकिस्कनुहोस भनेर हामीले अनुरोध गरेका हौँ ।’ कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आएका छन्।

 



ट्रेन्डिङ