प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणको विशेष रणनीति बनाउन देउवाको सुझाव

प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणको विशेष रणनीति बनाउन देउवाको सुझाव

काठमाडौं ८ साउन। कोरोना भाइरस (कोभिड-१९)को सामना  र नियन्त्रण गर्नका लागि  विशेष रणनीति निर्माण गर्ननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई सुझाव दिएका छन् ।

सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापित देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका हुन् ।

सभापति देउवाले पीसीआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

साथै, अविरल वर्षासँगै बाढी पहिरोको प्रकोपमा परी ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोनाको मारमा परेका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनबाट अघि सारिएका मागलाई समेत गम्भीरतापूर्वक लिन सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्



ट्रेन्डिङ