अनलाइन कक्षा पुनः सञ्चालन गर्दै निजी विद्यालय

अनलाइन कक्षा पुनः सञ्चालन गर्दै निजी विद्यालय

चितवन ८ साउन। निजी तथा आवासीय विद्यालयका छाता संस्थाले सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै  आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन्।

सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाे भन्दै निजी तथा आवासीय विद्यालयका छाता संस्थाले यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासंघसँग परामर्श गरेको थियो।

सरकारले आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ।



ट्रेन्डिङ