PBM News
यति एयरलाइन्सले व्यावसायिक उडानका लागि बुकिङ खुलायो

चितवन ८ साउन। व्यावसायिक उडानका लागि यति एयरलाइनले बुकिङ खुलाएको छ।
सार्वजनिक सूचना जारी गर्दै एयरलाइनले आगामी भदौ १ देखिको बुकिङ खुला गरेको जानकारी गराएको छ।
सरकारले भदौ १ देखि उडान खुला गर्ने निर्णय गरेसँगै यतिले तारा एयरको पनि बुकिङ खुला गरेको छ।
यसअघि बुद्व एयरले पनि बुकिङ खुलाएको थियो।