ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसका ६७ हजारभन्दा बढी संक्रमित थपिए

ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसका ६७ हजारभन्दा बढी संक्रमित थपिए

एजेन्सी ८ साउन। पछिल्लो २४ घण्टामा ब्राजिलमा  कोरोना भाइरसका ६७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ६७ हजार ८६० नयाँ संक्रमित फेला परेका हुन् ।

यो संख्या ब्राजिलको लागि एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख २७ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८२ हजार ७७१ पुगेको छ ।

 



ट्रेन्डिङ