निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको डुबेर मृत्यु

निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको डुबेर मृत्यु

झापा ८ साउन।  झापाको भद्रपुरमा निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको डुबेर मृत्यु भएको छ।

भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो।

बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तीनै जना बालक पौडी खेल्न र सँगै माछा मार्न गएका थिए। घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तजनले खोजी गरेका थिए। खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो।

मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको छन्।

 



ट्रेन्डिङ