पूर्वडीआईजी रञ्जन कोइराला आज जेलमुक्त हुँदै

पूर्वडीआईजी रञ्जन कोइराला आज जेलमुक्त हुँदै

काठमाडौं ८ साउन। सर्वश्वसहित जन्मकैदको सजाय पाएका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाइ सर्वोच्च अदालतको आदेशपछि जेलमुक्त हुँदैछन् । जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाइ सर्वोच्च अदालतले १५ असारमा सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार थुनामुक्त गर्दैछ । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया सुरु गरिएको जेलर गणेश आचार्यले बताए ।

श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।

साथै, श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएको भन्दै सजाय घटाइएको छ ।

 



ट्रेन्डिङ