सरकारले ७ वटा ‘आरएनए’ छुट्याउने मेसिन खरिद गर्‍यो, परीक्षण दर दोब्बर हुने

सरकारले ७ वटा ‘आरएनए’ छुट्याउने मेसिन खरिद गर्‍यो, परीक्षण दर दोब्बर हुने

चितवन ८ साउन। सरकारले कोरोना परीक्षण क्षमतालाई बढाउनका लागि ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) मेसिन खरिद गरेको छ।

योसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउने भएका छन्।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन शाखा प्रमुख रमेशप्रसाद खरेलले ७ वटा मेसिन आइपुगेको जानकारी दिए।

यो मेसिनले स्वाबमा भएको ‘आरएनए’ लाई छोटो समयमै आफैं छुट्याउने गर्छ।

अहिलेसम्म प्रयोगशालाहरूमा यो काम प्राविधिकहरूले हातले नै गरिरहेका छन्। जसले गर्दा बढी समय लाग्ने र परीक्षण पनि कम भइरहेको छ।

यो मेसिन अहिले देशभर रहेका प्रयोगशालाहरूमध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ।

त्यसैले प्रयोगशालाले दैनिक १ हजार बढी स्वाबको परीक्षण गर्दै आएको छ। यो मेसिन नभएका अन्य प्रयोगशालाहरूले अहिले दैनिक २ सय ५० जनाको परीक्षण गर्दै आएका छन्।

अब मेसिन सुचारू भएपछि प्रयोगशालाहरूले त्यो संख्यालाई ५ सय पुर्‍याउन सक्छन्। यस्तै, परीक्षणको लागि चाहिने ‘आरएनए’ किट पनि ३ लाख थान आइपुगेको विभागले जनाएको छ।



ट्रेन्डिङ